काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सर्लाहीका दुई घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसदीय समिति गठन गर्न माग गर्दै सुरुमा १५ मिनेट बैठक स्थगित गराएको थियो। पुन: बैठक बसे पनि उनीहरुले चल्न दिएनन्। कांग्रेसको अवरोधलाई राजपाले पनि साथ दिएको थियो।
उनीहरुले छानबिन समिति गठन गर्नुपर्ने नारा लगाएका थिए।
सभामुखको पहलमा सबै दलका प्रमुख सचेतकहरुको छलफलबाट आज सहमति हुने सम्भावना टरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित भएको हो।
प्रहरीको 'इन्काउन्टर'मा सर्लाहीका कुमार पौडेल मारिएको घटना र राजमार्गमा प्रहरीले गोली चलाएका कारण ज्यान गुमाएका सरोजनारायण सिंहको विषय संसदमा केही दिनदेखि उठिरहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।