कठमाडौं- नयाँ सरकार गठन तथा पार्टी एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।
पार्टी एकता प्रक्रिया अपेक्षित रुपमा अगाडि बढ्न नसकिरहेका बेला एमालेले बैठक बोलाएको हो।
एमालेका सचिव कृण्णगोपाल श्रेष्ठका अनुसार बैठक भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा बस्नेछ। बैठकको समय दिउँसो २ बजे तय गरिएको छ।
एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीकोे नेतृत्व कसले गर्ने भन्ने विषयमा मिलनबिन्दु नजुट्दा एकता प्रक्रिया लम्बिएको छ। माओवादी केन्द्रले सरकार र पार्टी नेतृत्वमध्ये कुनै एक रोज्न एमालेका अध्यक्ष ओलीलाई आग्रह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।