काठमाडौं– बैदेशिक रोजगारीमा गएका कामदारहरुलाई प्रयोग गरी सुन तस्करीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। झापाको पृथ्वीनगर घर भएका ४९ वर्षीय काजिमान बि.क.लाई प्रहरीले शनिबार राती विमानस्थलबाट पक्राउ गरेको हो।
उनीसँग २ सय ५० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
कतार एयरको उडानद्धारा शनिबार काठमाडौँ आगमन भएका वि.क.ले सोही एयरबाट आएका अन्य यात्रुहरुसंग संकलन गर्दै गरेको अवस्थामा ५ वटा वाला सहित प्रहरीले पक्राउ गरेको हो। बिदेशबाट फर्कदा ५० ग्रामसम्म सुन ल्याउन पाइने भएकाले उनले कामदारहरुलाई प्रयोग गरी करिब १६ तोला सुन तस्करीको प्रयास गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।