लन्डनन- बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउन्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमान कम्पनीको मातृ समूह ‘इन्टरनेसनल एयरलाइन्स ग्रुप’ (आएजी)ले सोमबार जनाएको छ।
कम्प्युटरका घुषपैठ (ह्याकर)हरूले गत वर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानुनविपरित काम गरेको अभियोग लागेको हो।
आइएजीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई कूल १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङको जरिवाना गरिएको छ।'
आइएजीका अनुसार यो जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खुद मुनाफाको १.५ प्रतिशत बराबर हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।