दुबई- युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ। युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको जनाएको छ।
युएईका एक जना वरिष्ठ अधिकारीले संवाददाताहरुसँग भने, 'हामी यमनको होडेडा समेतका रणनीतिक स्थान छाडेर सैन्य संख्या कम गर्दैछौं। हाम्रो चाहना शान्ति हो, युद्ध होइन।'
यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ। यसबाट यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु, राष्ट्रसंघ र संचारमाध्यमहरुले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।