गोरखा- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा क्षेत्र नम्बर २ बाट आफूले पराजय व्यहोरे पनि गोरखाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्।
निर्वाचनपछि मतदातालाई धन्यवाद दिन गोरखा नगरपालिकाको देउरालीमा आयोजित कार्यक्रममा श्रेष्ठले आफूलाई मतदान गर्ने तथा लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने सबै मतदातालाई धन्यवाद दिए।
अर्को प्रसंगमा नेता श्रेष्ठले कानुनी अड्चनका साथै नेपाली कांग्रेसका कारण नयाँ सरकार गठनमा ढिलाइ भइरहेको बताएका छन्।
श्रेष्ठले कांग्रेस जस्तो लोकतान्त्रिक पृष्ठभूमि बोकेको पार्टीले निर्वाचनमा हार बेहोर्दा समेत सत्ता हस्तान्तरणमा आनाकानी गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए।
उनले वामपन्थी सरकार निर्माण कसैले रोक्न नसक्ने बताए। सरकार गठनसँगै दुई पार्टीबीच एकता प्रक्रिया पनि अघि बढ्ने भन्दै अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण पार्टी एकता संयोजन समितिको बैठक बस्न ढिलाइ भइरहेको समेत उनले स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।