काठमाडौं– विभिन्न चार देशका लागि सिफारिस भएका राजदूतहरु अनुमोदित भएका छन्।
सोमबार बसेको संसदको विशेष सुनुवाइ समितिले सबै राजदूतको नामलाई अनुमोदन गरेको हो।
मन्त्रिपरिषद्को बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका दाबा फुटुङ शेर्पालाई प्रस्तावित गरेको थियो।
प्रस्तावित नामहरुलाई समितिले सर्वसम्मत अनुमोदन गरेको हो।
'प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता, अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा उहाँहरुको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको छ', बैठकको निर्णय सुनाउँदै समिति सभापति लक्ष्मणलाल कर्णले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।