काठमाडौं- भारतबाट भित्रँदै आएको तरकारी भन्सारमा चेकजाँच नै नगरी भित्र्याउन दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन पेस भएको छ।
उपभोक्ता हित संरक्षण मञ्चले सरकारको निर्णय उपभोक्ताको अधिकार विरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने दाबी गरिएको छ। तरकारी र फलफुल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण गर्न अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। सरकारले पहिला विषादीयुक्त तरकारी तथा फलफुल रोक्ने र पछि खोल्ने निर्णय गर्न गैरकानुनी भएको निवेदनमा उल्लेख छ।
निवेदन सोमबार दर्ता हुन नसकेकाले मंगलबार दर्ता हुँदै बुधबार सुनुबाई हुने मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए।
विषादीयुक्त तरकारी र फलफुल सिमामा जाँच नहुने हो भने नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने र संविधानले सुरक्षित गरेको बाँच्न पाउने नागरिकको हक हनन हुने निवेदनमा उल्लेख छ। तरकारी र फलफुलमा भित्रने विषादी हानिकार र प्राण घातकसम्म भएकाले यसलाई तत्काल रोक्न आदेश जारी हुनुपर्ने निवेदनमा उल्लेख छ। निवेदनमा विषादी परीक्षण वर्षभरि गर्ने संरचना निर्माण गर्न समेत परमादेश माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।