काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सचिवका कारण आफू फसेको बताएका छन्।
भारत तथा तेस्रो मुलुकबाट आयात गरिने फलफूल र तरकारीमा विषादी परीक्षण गरेर मात्रै नेपाल भित्रिन दिने निर्णयबाट सरकार पछि हटेको चार दिनपछि आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले भने, 'सचिवले गुमराहमा राखे। तर, यसको म जिम्मेवारी लिन्छु।'
यसअघि मन्त्री यादवकै प्रस्तावमा मन्त्रिपरिषद्बाट भारत तथा तेस्रो मुलुकबाट पैठारी हुने तरकारी र फलफूलको भन्सार नाकामा विषादी चेकजाँच गरेर मात्रै भित्र्याउने निर्णय भएको थियो। तर, सरकार गत बिहीबार उक्त निर्णयबाट पछि हट्यो।
वाणिज्य मन्त्रालयले विषादी परीक्षण गरेर मात्र आयात गर्नका लागि प्रस्ताव ल्याएपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। उक्त निर्णय राजपत्रमा पनि प्रकाशित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।