काठमाडौं- अस्पताल प्रशासनले बिनासूचना नर्सहरुलाई निष्कासन गरेको विरोधमा मानव अंग प्रत्यारोपण केन्द्रका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन्।
उनीहरुले शनिबारबाट कालोपट्टी बाँधेर काम सुरु गरेका छन्।
अस्पताल प्रशासन स्वेच्छाचारी ढंगले चलेको, कर्मचारीको हितमा काम नगरेको, श्रम शोषण गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

अस्पतालमा कार्यरत अधिकांश कर्मचारीले आन्दोलनमा साथ दिएका छन्। नर्समाथि भएको श्रम शोषणका विरुद्ध सबै एकजुट भएर अगाडि बढेको आन्दोलनरत नर्स तथा डाक्टरहरुले बताएका छन्।
यो विषयमा स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहे पनि आन्दोलनरत नर्सहरुले छानबिन समितिको रिपोर्ट निष्पक्ष आउनेमा आशंका व्यक्त गर्न थालेका छन्। छानबिनका क्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसँग लिइएको स्पष्टीकरणमा नर्सिङ क्षेत्रकै प्रतिनिधि नबोलाइएपछि आन्दोलनरत नर्सहरुले यस्तो आशंका गरेका हुन्।
शुक्रबार प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठसँग स्पष्टीकरण लिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।