काभ्रे– काभ्रे जिल्लालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै काभ्रेमा शनिबार दबाब र्याली निकालिएको छ। काभ्रेका सबै दलका नेता, व्यवसायी तथा विभिन्न क्षेत्रका अगुवाहरुले र्याली निकालेका हुन्।
प्रधानमन्त्री कार्यालयको अध्ययन समितिले समेत काभ्रे, भक्तपुर र हेटौंडालाई प्रदेश राजधानी बनाउन उपयुक्त हुने सुझाव दिएको छ। सोही आधारमा सरकारले प्रदेश राजधानी तोक्ने तयारी गरिरहेको छ।
राजधानीबाटै नजिकै रहेको तिव्र गतिमा विकासमा अघि बढेको नयाँ सहर भएकाले काभ्रेमा राजधानीमा राख्दा उपयुक्त हुने भन्दै काभ्रेलाई राजधानी बनाउन माग गरिएको हो। र्यालीमा जिल्लाका सांसद, मेयर÷उपमेयरहरु समेत उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।