पोखरा- नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन्।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कास्कीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गरी निर्वाचनको मतपरिणाम निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष यथाशीघ्र बुझाउनुपर्नेमा जोड दिए।
मतपरिणाम सार्वजनिक नगरी अनेकौँ बहानाबाजी गरेर अल्मल्याउने र सरकारले सत्ता लम्बाएर राज्यको ढिकुटीको दुरुपयोग गर्न खोजेकोमा चिन्ता व्यक्त गर्दै सचिव ज्ञवालीले भने, 'यो सरासर जनमतको अवमूल्यन हो।'
उनले एमाले र माओवादी केन्द्रको पार्टी एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।