• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार र गठबन्धनको चेपुवामा प्रदेश प्रमुखको नियुक्ति

64x64
नेपाल लाइभ आइतबार, पुस २३, २०७४  ०५:१२
1140x725

काठमाडौं– प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन मतपरिणाम सार्वजनिक भएलगत्तै नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा भनेका थिए, ‘दलीय सहमतिबिना वर्तमान सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखसँग हामी सपथ लिँदैनौं।’

गत बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकपछि वाम गठबन्धन आबद्व दलका नेताले फरक धारणा राखे। उनीहरुले प्रचलित संविधान र कानुन बमोजिम वर्तमान सरकाले नै प्रदेश प्रमुख आफैं तोक्न आग्रह मात्र गरेनन्, नयाँ सरकार गठनका लागि संवैधानिक र कानुनी जटिलता हटाउन प्रधानमन्त्री देउवालाई आग्रह समेत गरे।

प्रदेश प्रमुखको नियुक्तिमा वर्तमान सरकारसँग अहिले कुनै सहमति नगर्ने तर नयाँ सरकार गठनपछि राष्ट्रपतिमार्फत प्रदेश प्रमुख फिर्ता गराएर आफ्नै तरिकाबाट नियुक्ति गर्ने वाम गठबन्धनको रणनीति छ।

वाम गठबन्धनको सोही लचकता वर्तमान सरकारलाई ‘निल्नु न ओकल्नु’ भएको छ। कारण, प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखका लागि तयार पारेको सूचीमा भएकामध्ये नियुक्तिका लागि कोही पनि राजी छैनन्। सोही कारण शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्तिको निर्णय गर्न सकेन।

थप विवाद निम्तने भन्दै प्रदेशको अस्थायी राजधानी तोक्ने मुडमा नरहेको सरकार छनोट गरिएका ब्यक्तिले अनिच्छा देखाएपछि प्रदेश प्रमुख नियुक्तिमा पनि तत्कालका लागि पनि पछि हटेको छ।

वाणिज्यमन्त्री मीन विश्वकर्मा भने आगामी सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्तिको विषयमा निर्णय गर्ने बताउँछन्। प्रदेश प्रमुख नियुक्तिमा वाम गठबन्धनले दम्भ देखाएको सरकारको आरोप छ।

‘संक्रमणकालीन अवस्थामा सबै दलबीच सहमति आवश्यक थियो, नयाँ जनादेश आइसकेपछि वाम गठबन्धनमा दम्भ देखिएको छ’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले भने, ‘नयाँ सरकार गठनपछि चाहेको बेला प्रदेश प्रमुख हटाउने मनसाय अहिले गठबन्धनले देखाइरहेको छ।’

वाम गठबन्धनको सोही मनसायका कारण प्रदेश प्रमुखको सूचीमा परेकाहरुले केही समयपछि हट्न किन नियुक्ति हुने भन्ने सन्देश बाहिर गएको मन्त्री विश्वकर्माले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले दलहरुबीचको सहमतिमै प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने तयारी गरेको थियो। तर, वाम गठबन्धनले अस्थायी राजधानी तोकेर विवादमा पर्नुभन्दा पन्छिने रणनीति अख्तियार गरेपछि सरकार समेत समस्यामा परेको छ। तत्काल अस्थायी राजधानी नतोकिए पनि प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता सरकारलाई छ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशसभाका निर्वाचित सांसदको नामावली बुझाउन पाएको छैन। जसले गर्दा प्रदेशसभाको बैठक, सपथ लगायतका कार्यमा ढिलाइ हुनुका साथै राष्ट्रियसभा गठनमा समेत समस्या परेको आयोगले बताउँदै आएको छ।

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सरकारले प्रदेश प्रमुखको नियुक्ति समयमै गर्न नसक्दा आयोगले समेत प्रदेश सांसदको नाम बुझाउन समस्या भएको बताउने गरेको छ। 

यसबीचमा सरकारले प्रदेश प्रमुख नियुक्तिको गृहकार्य गरेको पनि थियो। तर, सिफारिस गरिएका व्यक्तिहरुले अनिच्छा देखाएपछि नियुक्ति थाती रहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले सामाजिक र अन्तर्राष्ट्रिय छवि बनाएका शिक्षाविद् केदारभक्त माथेमा, पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, समाजसेवी अनुराधा कोइराला लगायतलाई प्रदेश प्रमुखका लागि सिफारिस गरे पनि उनीहरुले त्यसलाई अस्वीकार गरेको स्रोत बताउँछ।

वाणिज्यमन्त्री विश्वकर्माका अनुसार, राजनीतिक सहमति जुटाउन प्रदेश प्रमुख नियुक्तिमा केही दिन पर्खने सरकारको तयारी छ। 

‘पर्खिएर, सोचेर र थप परामर्श गरौं भनेर सो नियुक्ति केही दिन पछि सारिएको हो’, विश्वकर्माले भने, ‘सरकारले आगामी सोमबारसम्म सो विषयमा निर्णय गर्नेछ।’

निर्वाचनको जनादेशको बेवास्ता गर्दै खुद्रे नियुक्तिमा रमाएको सरकार र त्यसको कडा प्रतिवादमा उत्रिएको वाम गठबन्धनको संघर्षको चेपुवामा प्रदेश प्रमुखको नियुक्ति परेको छ।

प्रकाशित मिति: आइतबार, पुस २३, २०७४  ०५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्