काठमाडौं- आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक ६ बजेर ४५ मिनेटमा मात्र सुरु भएको छ। बैठक सुरु हुनु अघि पार्टीका शीर्ष नेताहरु आन्तरिक विवाद मिलाउन लागेकाले बैठक ढिलो गरी सुरु भएको हो।
पार्टी पवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै बैठक सुरु भएको जानकारी दिएका हुन्। 'बेलुकी ६.४५ मा बैठक प्रारम्भ भएको छ। बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले १४ वटा एजेन्डा प्रस्तुत गर्नुभएको छ,' शर्माले ट्विटरमा लेखेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेसन तयारीमा जुट्ने गरि कार्ययोजनाको बैठकमा ल्याउन माग गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो।
शीर्ष तहका नेताहरु सभापति शेरबहादुर देउवाको कार्यकक्षमा छलफल गरिरहेका छन्।
पहिलो चरणको बैठक समिक्षा, नियमावली पारित, भ्रातृ संस्थाको चयन प्रक्रिया तथा दोश्रो चरणको अभियानको लागि तयारी लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।