काठमाडौं- आइतबार दिउँसो दुई बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन।
पार्टी नेताहरु अनौपचारिक छलफलमा रहेकाले बैठक सुरु हुन ढिलाई भएको हो। साँझ ५ः३० सम्म सुरु हुन नसकेपछि बैठकका लागि पुगेका नेताहरु शीर्ष नेताको छलफल कुरेर बसेका छन्। तर शीर्ष तहका नेता बीच कुनै सहमति हुन सकेको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेसन तयारीमा जुट्ने गरि कार्ययोजनाको बैठकमा ल्याउन माग गरेपछि बैठक बस्न नसकेको हो।
शीर्ष तहका नेताहरु सभापति शेरबहादुर देउवाको कार्यकक्षमा छलफल गरिरहेका छन्। केन्द्रीय सदस्यहरु बैठकको प्रतिक्षामा पौडेल कक्षमा कुररिहेका छन्।
पहिलो चरणको बैठक समिक्षा, नियमावली पारित, भ्रातृ संस्थाको चयन प्रक्रिया तथा दोश्रो चरणको अभियानको लागि तयारी लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।