काठमाडौं- तरकारीको विषादी परीक्षण गर्ने कार्यबाट सरकार पछि हटेपछि नेपाल विद्यार्थी संघ विरोधमा उत्रेको छ। नागरिकको स्वास्थ्यसँग गम्भीर खेलबाड भएको जनाउँदै संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।
संघले सोमबारदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सोमबार देशभरका क्याम्पस अघि विषाक्त तरकारी फलफूल प्रर्दशन गर्ने, मंगलबार प्रधानमन्त्रीलाई विषाक्त तरकारी पठाउने जनाएको छ।
असार २५ मा विषादीयुक्त तरकारी बहिष्कार गर्न प्रचार प्रसार गर्ने निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए।
आइतबार संघले विषादीयुक्त तरकारीसहित विरोध प्रर्दशन गरेको थियो। जनताको स्वास्थ्यसँग जोडिएको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएकाले विरोधमा उत्रनु परेको निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।