काठमाडौं- सभामुख कृष्ण बहादुर महराले विषादी परीक्षण नगर्ने निर्णयलगायत समसामयिक विषयमा सांसदले उठाएका विषयबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।
प्रतिनिधिसभाको आईतबारको बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ती जनाउँदै त्यसबारे सरकारको जवाफ माग गरेका थिए।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद शाहले पनि राज्यसत्ताले मधेसी र थारु समुदायप्रति क्रुर, निर्दयी र अमानविय व्यवहार गर्दै गएको भन्दै प्रहरी दमनको भत्र्सना गर्दे त्यसबारे गृहमन्त्रीको जवाफ माग गरेका थिए।
दुवै सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउदै जवाफ मागे पछि सभामुखले ती विषयबारे सदनको आगामी बैठकमा जानकारी राउन सम्बन्धित मन्त्रीहरुलाई निर्देशन गरेका हुन्।
'माननीय सदस्यहरु, माननीय सदस्यहरुले आज बैठकको सुरुमै केही विषयहरु उठाउनुभएको छ। जो आफैंमा धेरै महत्वपूर्ण र गम्भीर छन्,' सभामुख महराको निर्देशन छ, 'म यस विषयमा सम्बन्धित मन्त्रीलाई सदन समक्ष आगामी बैठकमा जानकारी गराउन निर्देशन गर्दछु।'
आफूहरुले उठाएका विषयप्रति सरकार जिम्मेवार नभएको भन्दै पटकपटक सांसदले बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।