काठमाडौं– काठमाडौं-तराई द्रुतमार्ग आयोजना अन्तर्गत नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेका छन्।
मकवानपुर जिल्लास्थित निर्माण कार्यदल सुरक्षा बेस लेनडाँडा र सुरक्षा बेस बुदुनेमा रहेका पूर्वाधारको क्षत्रीले शुक्रबार उद्घाटन गरेका हुन्। सो क्रममा उनले आयोजनामा खटिएका रथी, अधिकृत, पदिकहरुलाई निर्देशन पनि दिएका छन्।
द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामग्रीहरु भण्डारण र वितरणलाई सहज बनाउन सुरक्षा बेस स्थापना गरिएको हो। हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेस स्थापना भइसकेका छन् भने अरु पनि निर्माणका क्रममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।