काठमाडौं- प्रहरीले लागु औषधसहित एक दम्पतिलाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो काटेश्वरबाट एसपी कृष्ण प्रसाईंको कमान्डमा खटिएको टोलीले लागु औषध (मनोद्दीपक पदार्थ)सहित एक दम्पतिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–७ घर भएक २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती धादिङको थाक्रे गाउँपालिका-१० ठेगाना भएकी २१ वर्षीया अजिता गुरुङ छन्।
उनीहरुले ललितपुरमा सञ्चालन गर्दै आएको टेलरिङ पसलबाट लागु औषध डायजापाम १७ सय ८३ एम्पुल, बुप्रोनोर्फिन २१ सय २१ एम्पुल र फेनारगन १२ सय १ एम्पुल गरी ५१ सय ५ एम्पुल लागु औषध प्रहरीले बरामद गरेको हो।

त्यस्तै प्रहरीले उनीहरुका साथबाट १ लाख ५० हजार नगद, विभिन ब्रान्डका मोबाइल सेट ३६ थान, आइप्याड ३ थान, पावर बैंक १ थान बरामद गरिएको एसपी प्रसाईंले जानकारी दिए।
पक्राउ परेका नगरकोटी लामो समयदेखि लागू औषधको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
बरामद मोबाइल तथा आइप्याड लागू औषध उधारोमा कारोबार गरेकाले त्यसको धरौटी स्वरुप राखेको अनुसन्धानबाट खुलेको एसपी प्रसाईले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।