फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा काँग्रेसका प्रमुख सचेतकसमेत रहेका नेता बालकृष्ण खाँडले सरकारको सो निर्णयप्रति आपत्ति जनाएका हुन्।
उनले जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुने गरी सरकारले लिएको निर्णय संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्। 'सरकारले भारतसामू लम्पसारवादी नीति लिएकै कारण आयातित तरकारीमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको हो,' प्रमुख सचेतक खाँडले भने, 'जनताको स्वास्थ्यमा आघात पुर्याउने गरी निर्णय गरी सरकारले भारतसामू निरिहता प्रकट गरेको छ।'
सरकारले जनताको स्वास्थ्यमाथि गम्भिर आघात पुग्ने गरी सो निर्णय लिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको प्रमुख सचेतक खाँडको भनाई छ।
प्रमुख सचेतक खाँडले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई प्रहरीले गैरकानुनी ढंगले हत्या गरेको दाबी गर्दै त्यसप्रति निन्दा पनि व्यक्त गरे।
सरकारले पौडेललाई संविधान र कानुनको बर्खिलाप हुने गरी हत्या गरेर मानव अधिकारको समेत गम्भिर उलंघन गरेको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।