काठमाडौं– लामो समयदेखिको कलाकारिता त्यागेर राजनीति प्रवेश गरेकी करिश्मा मानान्धर धेरे टिक्न सकिनन्। ‘व्यक्तिगत व्यस्तता’का कारण आफू राजनीतिमा संलग्न भइरहन नसक्ने भन्दै ‘राजनीतिक डेब्यू’ गरेको पार्टी नयाँ शक्ति केही समयअघि त्यागेकी थिइन्, उनले।
तर, राजनीतिमा रहिरन नसक्ने उनको भनाइ धेरै नटिक्ने उनको पछिल्लो ‘मुभ’ले देखाएको छ।
‘उनको मुभ के हो?’
यसको प्रष्ट तस्बिर आइसकेको छैन् तर संकेत भने पक्कै मिलेका छन्। जसबाट थाहा हुन्छ– उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिर ढल्किएकी छन्, जुन त्यो पार्टी प्रवेशको तहसम्म पुग्न सक्छ।
यी दुईवटा घटनाले उनी उनको मुभ नेकपातिरै हो भन्ने संकेत दिन्छन्।
घटना १ : करिश्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।
राजनीतिबाट अलगि्ने भनेकी करिश्माले राजनीतिक मान्छे भेट्नुको अर्थ हुन्छ। र, प्रचण्ड निकट स्रोतले पनि नेकपा प्रवेशको लाइनअनुसारै करिश्ले प्रचण्डसँग भेटेको भनेको छ। स्वयम् करिश्मा भने यसबारै खुलेर कुरा गर्न चाहान्नन्।
घटना २ : माओवादी सम्बद्ध कुनै नेताको बारेमा सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने करिश्माले यसपाली प्रचण्ड पत्नी सीता दाहालको जन्म दिनको उपलक्ष्यमा शुभकामना दिइन्। सीताको जन्मदिन शनिबार (हिजो) परेको थियो।
उनले केही दिनअघि मात्रै नेकपा प्रवेश गरेकी पूर्व मन्त्री कल्पना धमलाले सीतालाई दिएको जन्म दिनको शुभकामनामा प्रतिटिप्पणी गर्दै लेखेकी छन्– आदरणीय सीता भाउजूलाई जन्मदिनको शुभ अवसरमा सु–स्वास्थ र दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
यी दुई घटनाको संकेत बिस्तारै प्रष्ट हुँदै जालान्। अहिलेलाई यत्ति भन्न सकिन्छ–करिश्माको मुभ नेकपालक्षित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।