काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले बिषादी परिक्षण नगरी तरकारी आयात नगर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चर्को आलोचना गरेका छन्।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकार पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला परेको आरोप लगाए।
उनले भने–
'सरकारले आयात हुने कृषिजन्य पदार्थको विषादी परीक्षण गर्ने नियम लागू गर्यो। आवश्यक तयारी बिना काम सुरु गरेकाले अप्ठ्यारो त पर्ने नै भयो। झन्झटिलो त हुने नै भयो। तर पनि काम सही भएकाले केही समयका लागि महंगो तरकारी खाएर होस्, वा तिउन बिनाको भोजन गरेर होस्। सरकारको कामलाई सहयोग गर्न तयार भएकै थियौं।
हाम्रो यस्तो साथ पाएपछि लागेको थियो, आफ्नो निर्णयमा सरकार अडिइरहने छ। विलम्ब नगरी भन्सार बिन्दूमा पूर्वाधार बनाउने छ र ठोकेर भन्ने छ– मेरो देशमा बिषादी परिक्षण नगरी तरकारी फलफूल भित्रन दिइने छैन।
अझ जनताको यस्तो साथ पाएपछि अब पारीबाट वारी आउने फलफूल र तरकारीसँगै वारीबाट पारि जाने चिया र अलैंचीको पनि हिसाबकिताब हुने छ भनेर गर्जेर भन्ला भनेको त पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै थला पो पर्यो हाम्रो सरकार।
यति भनेपछि के भन्नु र सभामुख महोदय। प्रधानमन्त्रीको बोलीको मान राख्न मास्क नलगाई बिषाक्त हावा सेवन गरेकै थियौं। अब सरकारको निर्णयको मान राख्न परिक्षण बिनाको तरकारी फलफूल पनि खाइदिउँला।
बस् प्रधानमन्त्रीज्युलाई यतिमात्रै सोध्न बाँकी छ– तपाईंको राष्ट्रवादी खुट्टा देखिइसकिएकै हो। घुँडामा भ्वाङ कत्रो परेको छ। बताइदिनुहुन्छ कि।'
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।