• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

भक्तपुर-नगरकोट सडकको दुर्दशा : पर्यटकलाई सास्ती, धुलोले थलिँदै स्थानीयवासी

64x64
नेपाल लाइभ शनिबार, पुस २२, २०७४  ०९:२५
1140x725

भक्तपुर- दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर–नगरकोट सडक निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटक समेतले सास्ती भोग्ने गरेका छन्। 

कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किमि मुख्य सडक विस्तारमा ढिलाइ भइरहेको छ। २०७१ जेठमा निर्माण सुरु भएको शैलुङ कन्स्ट्रक्सन प्रालिले आव ०७२/०७३ मै निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तारले गति लिन सकेको छैन। 

एक्जिम बैंक इन्डियाको रु २८ करोडको सहयोगमा सडक विस्तार सुरु गरेको थियो। २०७४ मंसिरसम्ममा आयोजना सम्पन्न गरिसक्ने भन्दै निर्माण अवधि थप गरिए पनि थप समयसमेत सकिएर बल्ल ४० प्रतिशत काम मात्र पूरा भएको छ। १६ किमि सडकखण्डमा ग्राभेलिङ गर्ने र कालोपत्र गर्ने काम पूरै बाँकी छ। अबको पाँच महिनामा सबै काम सम्पन्न गरिसक्ने शैलुङ कन्स्ट्रक्सन प्रालिका इन्जिनयर विजय प्रजापतिले बताए।

पर्यटन व्यवसायी धरापमा 
पर्यटकीय क्षेत्र नगरकोटको सडक विस्तारमा भएको ढिलाइका कारण पर्यटन व्यवसायसमेत धरापमा परेको छ। सडक खनेर जथाभावी छाड्दा साँघुरो र धुलाम्मे भएको पर्यटन व्यवसायी गोकुल लामिछानेले बताए।

'काठमाडौँबाट नगरकोट आउनुअघि नै पर्यटक तथा ट्राभल एजेन्सीले सडकका बारेमा सोध्ने गरेका छन्, सडक निर्माण सम्पन्न भएको छैन भन्ने जानकारी पाएपछि कतिपय पर्यटकले नगरकोट आउने कार्यक्रम नै रद्द गर्ने गरेका छन्,' उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

अर्का व्यवसायी बद्री माकले विगत वर्षभन्दा यस वर्ष सडक अति जीर्ण हुँदा र निर्माण पूरा नहुँदा ५० प्रतिशत पर्यटक घटेको बताए। पर्यटन व्यवसायीले निर्माण कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न ताकेता गर्दा उल्टो धम्की आउने गरेको उनको भनाइ छ। 

घरघरमा बिरामी 
सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती मात्रै व्यहोरेका छैनन्, घरघरमा बिरामी पर्न थालेका छन्। सडक निर्माणका क्रममा निस्कने धुलोका कारण यहाँको जनजीवनसमेत कष्टकर बनेको स्थानीय सञ्चारकर्मी सोम शर्मा बजगाईंले जानकारी दिए।

'अत्यधिक धुलो उड्ने गर्दा घरबाट निस्किएको मानिस भक्तपुर पुग्दा चिन्नै नसक्ने हुन्छन्, धुलोकै कारण दिनानुदिन गाउँमा बिरामीको चाप बढ्दैछ,' उनी भन्छन्। सडक निर्माणका क्रममा निस्केको धुलोका कारण बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी रोग लाग्न थालेको छ। 

स्थानीयवासी लक्ष्मी लामिछाने सडक फराकिलो बन्छ भनेर आफ्नो जग्गासमेत उपलब्ध गराएको तर ठेकेदारले काम नगरिदिँदा धुलो र धुवाँका कारण एक सातासम्म अस्पताल भर्ना हुनुपरेको सुनाउँछिन्।

नगरकोट–६ का पर्शुराम बजगाईंले दुई वर्षभित्र गरिसक्नुपर्ने काम चार वर्षमा पनि नसकिएकामा आक्रोश व्यक्त गरे। 'कछुवा गतिमा काम भइरहेको छ, यस्तै हो भने अझै १० वर्षमा पनि काम सकिँदैन,' उनी भन्छन्, 'अब हामी निर्माण कम्पनीविरुद्ध आन्दोलनमा जान्छौँ।' रासस
 

प्रकाशित मिति: शनिबार, पुस २२, २०७४  ०९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्