सुर्खेत– प्रदेश ६ को राजधानी कर्णालीमा हुनुपर्ने माग गर्दै जुम्लामा राँके जुलुस निकालिएको छ। बिहीबारदेखि सुरु भएको आन्दोलनको दोस्रो दिन शुक्रबार साँझ जुम्ला सदरमुकाममा राँके जुलुससहित प्रदर्शन गरिएको हो।
नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लाको भवन अगाडिबाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै बजार परिक्रमा गरी समापन भएको थियो।
जुलुस समापनसभामा बोल्ने वक्ताहरुले प्रदेश ६ को राजधानी सुर्खेतमा नभई जुम्लामा तोकिनुपर्ने माग गरेका थिए। भौतिक संरचनाको अभावको वहानामा जुम्लालाई राजधानी बन्नबाट वञ्चित गरिए मान्य नहुने उनीहरुको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।