राजविराज– उपचार गर्न भारतको पटना पुगेका एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
राजविराज १ पडरियाका ७० वर्षीय बबन झाको शुक्रबार बिहार राज्यको पटनामा सवारी साधनको ठक्करबाट मृत्यु भएको हो। पटनाको महावीर मन्दिर सडक खण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको सवारी साधनले ठक्कर दिँदा झाको घटनास्थलमै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
उनी राजविराजस्थित केशो अनिरुद्ध माविबाट हालै अवकास प्राप्त लेखापाल हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।