राजविराज– छोराछोरीसहित आत्महत्या गर्न सप्तरीको सप्तकोसी नदीमा हामफालेकी महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेका मध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो। बालकको भने शुक्रबार साँझ उद्धार गरिएको थियो।
बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ।
स्थानीयका अनुसार ती महिला ३ बालबालिका सहित नदीमा हाफालेकी थिइन्। प्रहरीले बाँकीको खोजी र पहिचान प्रयास गरिरहेको छ।
महिलाको साथबाट एक थान मोबाइल र गोलबाजरदेखि कोसी ब्यारेकसम्मको बस टिकट बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।