सप्तरी– तराईमा चिसो बढेपछि आगो ताप्नको लागि सशस्त्र प्रहरी बलले सर्वसाधारणलाई दाउरा बितरण गरेको छ।
सप्तरी स्थित सशस्त्र प्रहरी बल वोर्डर आउट पोस्ट पातोले डाक्नेश्वरी नगरपालिकाको सहकार्यमा दाउरा बितरण गरेको हो। सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाका अनुसार कार्यालयको जिम्मेवारी ईलाकामा पर्ने नगरपालिकाको विभिन्न स्थानमा दुई सय क्विन्टल दाउरा बितरण गरिएको छ। तराईमा बिगत एक हप्ता देखि बाक्लो हुस्सु र सितलहरको कारण जन– जीवन कष्टकर बनेपछि सशस्त्र प्रहरीले दाउरा वितरण सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।