मंगलबारे, इलाम- पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका छन्।
इलामको साँखेजुङमा आज आयोजित कार्यक्रममा उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताए।
सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी एकीकरणमा कसैले शंका गर्नु नपर्ने बताए। 'दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउनेछन,' उनले भने, 'कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन।'
एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लबिङ नगर्ने बताए। 'अवसर आएपछि हट्ने कुरा हुँदैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।