काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना राजनीतिक गुरु मोहन वैद्यलाई नेकपा आउन आग्रह गरेका छन्।
पूर्व नयाँ शक्ति नेपालका नेताहरु पार्टीमा प्रवेश गराउने क्रममा बोल्दै प्रचण्डले भने, ‘तपाई पत्रकारहरुले राजनीति गुरु भन्नुहुन्छ। उहाँलाई नेकपामा आउन आग्रह गर्छु,’ उनले प्रश्न गरे, ‘वैद्यलाई के दिएर कसरी सम्झाउन सकिन्छ?’
अर्धभूमिगत नेता मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलगायतका कम्युनिस्ट धारका नेताहरुलाई समेत उनले नेकपासँग जोडिन आग्रह गरे।
संघीय समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईको पिएचडीको अन्य दलमा उपयोग हुनैै नसक्ने दाबी गरे। नेकपा विश्वविद्यालय भएको उल्लेख गर्दै कम्युनिस्ट घटकहरु सबै जोडिनुपर्ने प्रचण्डको राय थियो।
पूर्व नयाँ शक्तिका नेताहरु देवेन्द्र पराजुली, पूर्वमन्त्री कल्पना धमला, मनु हुमागाईं, गुणाखर बस्यालसहितका नेताकार्यकर्ता शुक्रबार नेकपा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।