कैलाश विकास बैंक प्राइम कमर्सियल बैंकमा गाभियो

नेपाल लाइभ | २०७६ असार २० शुक्रबार | Friday, July 05, 2019 १६:०६:०० मा प्रकाशित

काठमाडौं- राष्ट्र बैंकले कमर्सियल बैंकहरुलाई सहमतिमा 'मर्ज' हुन आग्रह गरिरहेका बेला प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकको साथ पाउने भएको छ।

प्राइम कर्सियल बैंकको कमलपोखरी कार्यालयमा दुबै बैंकबीच हस्ताक्षर भएको हो। प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्राइमले कैलाशलाई प्रतिसेयर ९४ रुपैयाँ दिने सहमति भएको छ।