उर्लाबारी- मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा गएराति जंगली हात्तीले क्षति पुर्याउँदा रु एक लाख ५० हजार बराबरको क्षति भएको छ।
हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्याएको छ भने घरभित्र रहेको अन्नपात समेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक धनबहादुर अधिकारीले जानकारी दिए।
हात्तीलाई स्थानीयवासीको सहयोगमा जंगलतर्फ नै लखेटिएको प्रहरीले जनाएको छ। जंगलबाट आएको हात्ती बस्तीमा पस्दा रातभर सो वडाका बासिन्दा आतंकित भएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।