काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया भाँड्न प्रतिक्रियावादीहरुले विभिन्न षड्यन्त्र गरिरहेको बताएका छन्।
अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई भाँडने प्रयास घातक भएको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए। शुक्रबार पूर्व नयाँ शक्ति पार्टिका छाडेर आफ्नो पार्टीका प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले नेपालको शान्ति प्रक्रिया संसारकै सफलमध्ये एक भए पनि यसलाई भाँड्न केही मानिसलाई युरोप लगायतका मुलुकमा घुमाउने काम भइरहेको दाबी गरे।
अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन वैद्य, चित्रबहादुर केसी लगायतका नेताहरुलाई आफ्नो पार्टीमा समाहित हुन पनि आह्वान गरे। मोहन विक्रम सिंह, मोहन वैद्य लगायतका पुराना नेताहरुको बुद्धि मुलुकको हितका लागि, कम्युनिस्ट एकताका लागि लगाउन आफ्नो पार्टीमा समाहित भएर जानैपर्ने अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले बाबुराम भट्टराईको बौद्धिकताको सदुपयोग आफ्नो पार्टीमा आएपछि मात्रै हुने दाबी गरे। वैद्य लगायतका पुराना नेताहरु आफ्नो पार्टीमा आए उचित सम्मान दिने पनि अध्यक्ष दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।