काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नकै लागि सम्झेर केहीले मास्क लगाउन थालेको बताएका छन्।
पूर्व नयाँ शक्ति पार्टी नेपालका नेताहरुलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले भने, 'मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्।'
केही दिनअघि मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले 'अहिले काठमाडौंमा मास्क लगाएर कोही पनि हिँड्दैन’ भन्ने अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो। उनको उक्त भनाइप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा समेत कुरा उठाएकी थिइन्।
तर, प्रधानमन्त्री ओलीले केही दिनअघिकै आफ्नो बोलीसमेत फेरेका छन्। उनले ‘अहिले मास्क लगाएर कोही पनि हिँड्दैन’ भनी ठोकुवा गरेका थिए। आजको कार्यक्रममा उनले उक्त बोलीलाई समेत फेरे। 'मैले भनेको थिएँ- म प्रम भएका बेला धेरै धुलाम्मे थियो काठमाडौं। त्यस्तो धुलाम्मे अहिले छैन। मास्क नलगाईकन हिँड्नै नसक्ने अवस्था थियो। अहिले त्यस्तो छैन,' उनले आफ्नो बचाउ गर्दै भने, 'मास्क नलगाएर पनि हिँड्न सकिने अवस्था छ, भनेको थिएँ।'
सम्बन्धित-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।