• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च अदालतका नासुुले 'स्टिङ अप्रेसन'को घुस गायव पारेपछि ११ वर्षे छोरालाई समेत भ्रष्टाचार मुद्दामा फसाए

अख्तियारद्वारा बालकलाई ३ वर्षभन्दा धेरै कैद सजायको माग
64x64
नेपाल लाइभ शुक्रबार, असार २०, २०७६  २१:२१
1140x725

काठमाडौ– उच्च अदालतमा कार्यरत रहेका एक कर्मचारीले आफूले लिएको घुस रकम गायव पार्न आफ्ना ११ वर्षीय छोरालाई समेत प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बाबुले लिएको अख्तियारको 'स्टिङ अप्रेसन'को ३ लाख रुपैयाँ गायब पार्ने कार्यमा सहयोग गरेको भन्दै ११ वर्षीय बालकविरुद्ध विशेष अदालतमा गत असार १७ गते मुद्दा दायर गरेको खुलेको हो।

अख्तियारले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अप्रेसन’ अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउँदै आएको थियो। घुस लिने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम दिँदै आएको थियो। सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने गरेका थिए।

यसका लागि अख्तियारले आफूले सेवाग्राहीलाई दिएको नोटको फोटोकपी गरी रेकर्ड राख्ने गर्दछ। यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई ‘स्टिङ अपरेसन’को नाम दिने गरिएको छ। उच्च अदालतका एक कर्मचारीका हकमा ‘स्टिङ अपरेसन’ गर्दा भने अख्तियार नै जिल्लिएको थियो।

यसरी गायब भयो रकम
कुष्णकुमार पाठक कुनै समय विशेष अदालतमा फोटोकपी सेक्सनमा कार्यरत रहेका थिए। लामो समय विशेष अदालतमा रहेका उनी उच्च अदालत तुलसीपुर सरुवा भएका थिए। टाइपिस्टअन्तर्गत नासुमा कार्यरत रहेका कुष्णकुमार पाठक उच्च अदालत पुगेपछि सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा पर्‍यो। उच्च अदालतका कर्मचारी पाठकमाथि 'स्टिङ अप्रेसन' गर्न अदालतबाट अख्तियारले अनुमति समेत लियो।

अख्तियारको बुटवल कार्यालयको सम्पर्क कार्यालय नेपालगञ्जले सेवाग्राहीलाई ३ लाख रुपैयाँ फोटोकपी गरेर दियो। उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासका टाइपिस्ट नायब सुब्बा पाठक घुसको रकम लिन नेपालगञ्ज पुगे।

अख्तियारले आफ्नो पूर्ववत् योजनाअनुसार नै सेवाग्रही र पाठकलाई निगरानी गर्न थाल्यो।

टाइपिस्ट नासु पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लेनदेन गर्न नेपालगन्जको चार बाहीनीचोकमा रहेको श्री लयर्स च्याम्बरमा पुगेका थिए। सो क्रममा सेवाग्राहीले पाठकलाई रकम दिए। त्यसको केही समयमा अख्तियारको टोली उनलाई पछ्याउँदै सोही स्थानमा पुगेको थियो। त्यसपछि पाठकलाई अख्तियारले नियन्त्रणमा लियो। तर, पाठकसँग अख्तियारले रकम फेला पार्न सकेन।

Ncell 2
Ncell 2
nimb
nimb

उनीसँगै आएका अर्का कार्यालय सहायक गयादिन कडरियासमेत अख्तियारको फन्दामा परे। उनले समेत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिएका थिए। कडरियाले लिएको रकम अख्तियारको टोलीले तत्कालै फेला पार्‍यो। तर, पाठकको चलाखी देखेर अख्तियारको टोली नै अचम्ममा पर्‍यो। पाठकले आफ्ना छोरा आदित्यकुमार पाठकलाई घुसको रकम दिएर पठाएको अख्तियारले पत्ता लगायो।

वकिलको ल फर्म (नेपालगञ्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ पर्नुले अदालतभित्र हुने भ्रष्टाचार र वकिलको संलग्नताबारे पनि अख्तियारले अनुसन्धान थालेको थियो।

तर, अख्तियारले पाठकका बाबुछोरा र कार्यालय सहयोगी कडरियालाई मात्र भ्रष्टाचार मुद्दा दायर गर्‍यो।

बालकलाई ३ वर्षभन्दा धेरै कैद सजाय माग

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियारले पाठकलले लिएको ३ लाख रुपैयाँ घुसमा छोरा आदित्यले लिएर फरार भएकाले प्रत्यक्ष संलग्न देखिएको भन्दै 'भ्रष्टाचार निवारण ऐन'अनुसार सजाय हुनुपर्ने माग गरेको छ।

अख्तियारले 'भ्रष्टाचार निवारण ऐन'अनुसार ११ वर्षीय पाठकसँग ३ लाख विगो तथा जरिवाना र ३ वर्षभन्दा धेरै कैदको सजाय माग गरेको छ। विशेषले दोषी ठहर गरेमा उनी सुधार केन्द्रमा बस्नुपर्ने हुनसक्छ।

यसअघि काठमाडौं जिल्ला अदालतका एक कर्मचारी रंगेहात घुससहित पक्राउ परेका थिए। मुद्दा मिलाइदिने बहानामा कर्मचारी ट्रेड युनियनका नेता नै पक्राउ परेपछि जिल्ला न्यायाधीशसमेत विवादमा तानिएका थिए।

यो पनिः

स्टिङ अप्रेसनका लागि अख्तियारले दिएको ३ लाख घुस नै हराएपछि...

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  २१:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्