नुवाकोट- नुवाकोटमा बिहीबार भएका दुई घटनामा दुई जनाको मृत्यु भएको छ।
तार्केश्वर गाउँपालिका–५ गोर्स्याङमा बिहीबार राति ८ बजे एक्स्काभेटर दुर्घटना हुँदा सहचालक बुद्धिराम तामाङको मृत्यु भएको हो। हल्देफाँटमा सडक विस्तार गरेर सुरक्षित स्थानतर्फ राख्नका लागि लैजाँदै गर्दा भएको दुर्घटनामा मेघाङ गाउँपालिका घर भएका तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए।
चालक नभएकाले दिनभर सहचालकले नै स्काभेटर चलाएर सुरक्षित स्थानमा फर्कँदै गर्दा अनियन्त्रित भएर करिब ५० मिटर तल पुग्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको हो।
यस्तै, दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा बिहीबार साँझ करेन्ट लागेर स्थानीय सुनबहादुर तामाङको मृत्यु भएको छ।
छिमेकी चन्द्रबहादुर तामाङको घर निर्माणका लागि खटिएका २८ वर्षीय तामाङले फलामको रड सोझ्याउने क्रममा विद्युतीय तारमा छोएर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनबहादुरसँगै घर बनाउन खटिएका ५७ वर्षीय मानबहादुर तामाङ करेन्ट लागेर घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।