एजेन्सी– अमेरिकाको क्यालिफोर्नियामा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ। लस एन्जल्सबाट २ सय ४० किलोमिटर टाढा रहेको दक्षिण क्यालिफोर्नियाको रिड्गेक्रेस्ट शहरमा भूकम्प गएको हो। भूकम्प पछिल्लो २ दशकयताकै शक्तिशाली भएको बताइएको छ।
उक्त सहरमा भूकम्पकै कारण आगलागी भएको अग्नी नियन्त्रकले बताएका छन्। अग्नी नियन्त्रक र मेडिकल टोली अहिले भूकम्प प्रभावित क्षेत्रमा परिचालित भएका छन्। भूकम्पका कारण उक्त सहरका घरहरु चर्केको ठूलो क्षति भएको बिबिसीले जनाएको छ।
रिड्गेक्रेस्ट सहरमै रहेको क्षेत्रीय अस्पताल समेत चर्केको बताइएको छ । पूर्ण क्षतिको विवरण भने आइसकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थिती नियन्त्रणमै रहेको भन्दै ट्वीट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।