काठमाडौं– ठेक्कापट्टामा गुन्डागर्दी गरेको आरोपमा राप्रपा प्रजातान्त्रिकका नेता पक्राउ परेका छन्। राप्रपा प्रजातान्त्रिकको सिन्धुपाल्चोकका क्षेत्रीय सभापति महेन्द्र लामा बिहिबार पक्राउ गरेका हुन्।
महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो। सिन्धुपाल्चोकको एक ठेक्कामा उनले ५ लाख माग्दै ठेकदारलाई धम्काएका थिए। बुधबार आफ्ना सहयोगीहरु पठाएर काम भइरहेको स्थानमा तोडफोड गराएपछि उनीविरुद्ध उजुरी परेको थियो।
सिंचाईसम्बन्धि एक करोड २२ लाखको ठेक्कामा उनले ५ लाख रुपैयाँ मागेको महाशाखामा परेको उजुरीमा उल्लेख छ। लामालाई प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाउने जनाएको छ। विगतमा पनि उनले ठेक्कामा आफ्नो ‘भाग’ माग्ने गरेको प्रहरीले जनाएको छ। लामा आफैं पनि ठेकदार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।