• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

साथीसँगै हिँडेका कोहलपुरका दुई किशोरी मंगलबारदेखि बेपत्ता

तीन किशोर फर्किए, एक सम्पर्कमा
64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १६:१५
1140x725

काठमाडौं- बाँके कोहलपुरका २ छात्रा मंगलबार साँझदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कोहलपुर नगरपालिका-११, दसबिघा बस्ने १३ वर्षीया दीपा बुढाथोकी र सोही वडाको लोकनगरकी १५ वर्षीया प्रियंका बुढाथोकी छन्।

कोहलपुरको बर्दहवास्थित लक्ष्मी माविमा दीपा कक्षा ७ र प्रियंका कक्षा ८ मा अध्ययन गर्छन्।

मंगलबार साँझ उनीहरु सोही विद्यालयमा अध्ययनरत अन्य ३ छात्रसँगै कोहलपुरबाट निस्किएको बताइएको छ। कोहलपुरबाट निस्किएपछि उनीहरु मंगलबार महेन्द्रनगर गएर बसेको थाहा हुन आएको बेपत्ता मध्येकी एक दीपाका बुवा चन्द्रबहादुर बुढाथोकीले बताए।

मंगलबार करिब साँझ ७ बजे ‍कोहलपुरबाट निस्किएका पाँचै जना कञ्चनपुरको महेन्द्रनगरस्थित राजधानी होटलमा बसेको र बिहानै सो स्थानबाट निस्किएको उनले बताए। त्यसपछि चाँदनीदोधारातर्फ लाग्दा उनीहरु बीच दुरी बढेको र दुवै किशोरीलाई नदेखेपछि किशोरहरु भने घर फर्केको बुढाथोकी बताउँछन्।

उनका अनुसार फर्किनेमध्येका एक किशोर सम्पर्कमा छन् भने बाँकी दुईबारे जानकारी हुन सकेको छैन। सम्पर्कमा आएका किशोरले घटनाबारे आफूहरुलाई बताएको र सोहीअनुसार नै प्रहरीको सहयोगमा खोजी गरिरहेको बुढाथोकीले बताए।

दीपाले लेखेकी छन्- मेरो खोजी गर्नु पर्दैन
दीपाका बुवा चन्द्रबहादुरका अनुसार मंगलबार साँझ करिब ७ बजेतिर दीपा घरमा कसैलाई थाहा नदिई निस्केकी थिइन्। ५ वर्षको भाइलाई नजिकै रहेको मामाघरमा छोडेर पुनः उनी घरमा आएकी थिइन्। त्यसपछि उनले पैसा राख्ने गरेको स्थानबाट १२ हजार निकालेर एक पत्र लेखेर घरबाट बाहिरिएको उनले बताए। उनका अनुसार पत्रमा लेखिएको छ- ‘म निस्केँ। मेरो खोजी गर्नुपर्दैन।’

‘घरबाट निस्कने बेला हामी कसैलाई थाहा थिएन। केहीबेरसम्म त हामीलाई उनको बारेमा हेक्का पनि भएन। पछि सोधखोज गर्दा कतै नदेखेपछि कोठामा चेक गरेँ,’ नेपाल लाइभसँग टेलिफोनमा भने, ‘कोठामा सानो पत्र लेखेर छोडेकी रहिछन्।’

पहिले पैसाको बारेमा ख्याल नै नगरेको तर पछि हेर्दा पैसा पनि लगेको भेटिएको उनले बताए। ‘घरमा ३०/३२ हजार रुपैयाँ थियो। जसमध्ये १२ हजार निकालेर लगिछन्,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

किन पुगे महेन्द्रनगर?
दीपासँगै अन्य ४ जना किशोरकिशोरी कोहलपुरबाट निस्केका थिए।

भारत जाने भन्दै उनीहरु त्यहाँबाट निस्केको हुनसक्ने चन्द्रबहादुरको अनुमान छ। ‘हामीलाई जानकारी मिलेसम्म किशोरहरुको पढाइ खासै राम्रो थिएन। प्रियंकाले पनि घरमा त्यति राम्रो व्यवहार नगर्ने भनेर सुनाउँथिन् ,' उनी भन्छन्, 'मेरी छोरी पनि उनीहरुकै साथी भएकोले संगतमा लागेर भारत जाने भनेर उनीहरुसँगै लागिहोलिन्।’

महेन्द्रनगरको चाँदनीदोधारातर्फ जाने खण्डमा अन्तिम पटक देखेको ती किशोरले आफूसँग भनेको चन्द्रबहादुरले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३ किशोर घर फर्किए, २ किशोरी कहाँ गए?
दीपा र प्रियंकासँगै कोहलपुरबाट महेन्द्रनगर गएका ३ किशोर बुधबार नै घर फर्किए। ती मध्ये सम्पर्कमा आएका एक किशोर हुन्, कोहलपुर-११ मा बस्दै आएका विशाल घर्तीमगर। १६ वर्षका उनको घर दाङ भए पनि मामाघर नजिक कोठा भाडामा लिएर बस्दै आएका थिए।

‘विशालका छिमेकीले उनलाई हाम्रो सम्पर्कमा ल्याइदिएका हुन्। अहिले उनी हामीसँगै छन्, उनका बुवा पनि हामीसँगै महेन्द्रनगरमै हुनुहुन्छ,’ चन्द्रबहादुरले भने, ‘उनले भनेका कुरा र हामीले महेन्द्रनगरमा बुझ्दा पाएको जानकारी करिब उस्तै लागिरहेको छ। उनले दीपाले लगेर गएको मध्येबाट ६ हजार रुपैयाँ पनि हामीलाई फिर्ता बुझाइसकेका छन्।’

विशालले केके भने भन्ने बारेमा पनि चन्द्रबहादुरले नेपाल लाइभसँग खुलाएका छन्। 

‘उनीहरु मध्यरात १२ बजे महेन्द्रनगर पुगेछन्। त्यहाँको राजधानी होटलमा गएर चाउमिन खाएछन्। होटलमा साहुजी रहेनछन्। त्यहाँका स्टाफले नानीहरुलाई माथिल्लो फ्ल्याटमा र बाबुहरुलाई तल्लो फ्ल्याटमै सुत्ने व्यवस्था मिलाइदिएछन्। कोठामा पुगेपछि उनीहरु नुवाइधुवाइ गरेर सुतेछन्। बिहान सबेरै उनीहरु सबै होटलबाट निस्किएर भन्सार लाइनतर्फ जाने बाटो हुँदै चाँदनीदोधारातर्फ अगाडि बढेछन्,' चन्द्रबहादुरले भने, 'हिँड्दाहिँड्दै नानीहरु अघिअघि भएछन्। बाबुहरु भने पछि परेछन्। दुरीमा धेरै नै पछि परेको जस्तो लागेपछि बाबुहरुले केहीबेर उनीहरुलाई त्यहाँ खोजेछन्। पछि पत्ता नलागेपछि बाबुहरु भने त्यहाँबाट फर्किएको विशालले हामीसँग बताएका छन्।’

विशालका अनुसार त्यतिन्जेलमा ५ हजार जति खर्च भइसकेको थियो। ६ हजार उनीसँगै रहेकाले किशोरीहरुसँग १ हजार जति मात्रै बाँकी रहेको हुन सक्ने चन्द्रबहादुरले बताए।

विशालबाहेक अन्य दुई किशोर भने बुधबार घरमा आए पनि त्यसपछि पुनः सम्पर्कबाहिर रहेको एक स्थानीयले बताए।

के भन्छ प्रहरी?
छोरी घरमा नभेटिएपछि कोहलपुरको प्रहरी कार्यालयमा ‘मिसिङ कम्प्लेन’ दर्ता गराएको चन्द्रबहादुर बताउँछन्।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले ५ किशोरकिशोरी हराएको जानकारी पाएको बताए। ‘३ जना किशोरी र २ किशोर हराएको हामीलाई जानकारी मिलेको छ, त्यसपछि नै हामी खोजीमा लागेका छौं,’ वलीले भने, ‘महेन्द्रनगरमा अन्तिम पटक देखिएको भन्ने कुरा आएपछि मैले कञ्चनपुरमा समेत सर्कुलर गरेको छु। उताबाट पनि खोज्ने क्रम जारी छ।’

३ किशोर फर्किएको सम्बन्धमा बुझ्दा उनले भने, ‘तपाईंसँग कुरा गर्नुअघिसम्म म सोही बारेमा कुरा गर्दै थिएँ। तीमध्ये एक किशोर सम्पर्कमा आएको बुझेको छु। उनीसँग थप सोधपुछ भइरहेको छ।’

कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले ले पनि किशोरीहरुको खोजी कार्य जारी राखिएको बताए। ‘खबर पाउनासाथ खोजी गरिरहेका छौं। उनीहरुका बुवाआमा तथा आफन्तसँग पनि सोधपुछ भइरहेको छ,’ आचार्यले भने, ‘हराएका भनिएका मध्ये एक किशोर सम्पर्कमा छन्। उनीबाटै अरु सूचना लिइरहेका छौं।’

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्