काठमाडौं- विवादित व्यक्ति दीपक मनाङेलाई नेपाल कम्युनिस्ट पार्टीमा भित्र्याएको प्रति सत्तारुढ दलका नेताहरुले आपत्ति जनाएका छन्।
स्थायी समिति सदस्य योगेश भट्टराईले कस्ता व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको बारे विचार गर्न नेतृत्वलाई सुझाएका छन्।
भट्टराईले ट्विटमा भित्र्याएका व्यक्तिका कारण त्यसले दिएको परिणाम ख्याल गर्न सुझाएका छन्। उनी लेख्छन्,‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी विचार गरौं है!
.jpg)
सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा अनगिन्ति मनाङेहरुको रहेको जनाएका छन्।
मनाङेलाई पार्टीमा भित्र्याएको प्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा न्यौपानेले ‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्/थिए,’ उल्लेख गरेका छन्।
न्यौपानेले अर्को मनाङे थपिएको प्रति कोकोहोलो नगर्न सुझाएका छन्।

‘एउटा थपिएको मात्र हो। जाबो एउटा मनाङे थपिदा के को कोकोहोलो हो कुन्नी?’ उनले आपत्ति जनाउनेहरुलाई व्यङ्य मिश्रित प्रश्न गरे।
विवादित व्यक्ति मनाङलाईे विहीबार नेकपामा प्रवेश गरेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पोखरामा पार्टी प्रवेश गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।