काठमाडौं- सांसद रंगमती शाहीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई आफ्नो स्कुटर पछाडि बसेर सडकमा निस्कन चुनौती दिएकी छन्।
विकास तथा प्रविधि समितिको आजको बैठकमा सहभागी कांग्रेस सांसद शाहीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीले 'काठमाडौंमा अहिले मास्क लगाएर कोही पनि हिँड्दैन' भन्ने भनाइप्रति आपत्ति जनाउँदै यस्तो चुनौती दिएकी हुन्।
‘आउनुस् मन्त्रीज्यु, मेरो स्कुटर चढेर वनस्थली जाऔं,' उनले भनिन्, 'सडकमा कति धुलो छ, देखाइदिन्छु।’
सरकारले नै सडकमा धुलो छैन, मास्क लगाउनु पर्दैन भनिरहेको भन्दै उनी आक्रोशित बनेकी थिइन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा गत शनिबार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘मैले मास्क लगाउनु पर्दैन भनेको थिएँ। म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो, अहिले मास्क लगाएर कोही पनि हिँड्दैन।’ उनको यस्तो अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएको थियो।
सम्बन्धित-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।