काठमाडौं– ज्ञानेश्वरस्थित केएल रेसिडेन्सी अपार्टमेन्टमा बुधबार बेलुका आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। महाराष्ट्रको उडिसा घर भएका वीरवल दराईको जलेर मृत्यु भएको हो।
भारतीयहरु बस्दै आएको अपार्टमेन्टको पहिलो तलामा आगो लागेको हो। करिब ४० मिनेटमा दमकलले आगो निभाएको थियो। आगोमा परेर गम्भीर घाइते भएका दराईको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
आगो लागेको कोठामा रंगसम्बन्धि केमिकलहरु राख्ने गरिएको खुलेको छ। तर, आगो कसरी लाग्यो भन्नेमा थाहा हुन नसकेको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी कुलदीप चन्दले बताए।
उक्त अपार्टमेन्टमा पाँच जना भारतीय बस्दै आएका थिए। अन्य चार जना खाना खान गएको बेला आगो लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।