काठमाडौं- मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा सांसद निर्वाचित राजीव गुरूङ अर्थात् दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
उनलाई नेकपाको कास्कीस्थित जिल्ला पार्टी कार्यालयमा एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले आज पार्टी प्रवेश गराएका हुन्।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए। २०७४ मंसिरमा भएको संघीय निर्वाचनमा मनाङ क्षेत्र नम्बर १ ‘ख’बाट नेपाली कांग्रेसका उम्मेदवार कर्म गुरुङलाई हराउँदै स्वतन्त्र उम्मेदवार गुरुङ निर्वाचित भएका थिए।
तत्कालीन नेकपा (एमाले)की उमेद्वार खाण्डा लामा गुरुङले उमेद्वारी फिर्ता लिँदै समर्थन गरेपछि मनाङे विजयी भएका थिए।
फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सांसदमा विजयी भए पनि सपथ लिन भने पाएका थिएनन्।
पछि सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने बताएपछि मनाङेले प्रदेश सांसदको सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।