• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

आप्पा : सम्बन्धको फिक्का प्रस्तुति [फिल्म समीक्षा]

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  २१:५१
1140x725

काठमाडौं– गत शुक्रबारबाट हलमा प्रदर्शनरत छ, दार्जिलिङका नेपालीभाषीले दार्जिलिङकै परिवेशमा निर्माण गरेको फिल्म– ‘आप्पा’। फिल्मले बोकेको कथा हो, बाबु–छोराबीचको सम्बन्ध।

अधिकांश नेपाली फिल्ममेकर सस्ता कमेडी र फर्मुला फिल्ममा रमाइरहेका बेला दार्जिलिङबासी नेपालीले ल्याएको यो कन्सेप्ट नेपाली दर्शकका लागि पक्कै पृथक हो। तर, विश्वका सिनेमासँग परिचित दर्शकका लागि पूरै नौलोचाँहि होइन।

तैपनि आशा थियो, नेपाली दर्शकका लागि दार्जिलिङबाट आएको यो उपहार पक्कै स्वादिलो हुनेछ। तर, फिल्म हेरेपछि निराशा व्यहोर्नु पर्‍यो। नेपाली फिल्मको उही पुरानै रोग अर्थात् कमजोर पटकथाको समस्या यो फिल्ममा पनि देखियो। 

फिल्ममार्फत् निर्देशकले देखाउन खोजेका छन्, बाबु–छोराबीचको भावनात्मक सम्बन्ध। तर, पटकथामा मेहनत नपुग्दा फिल्म फिक्का भइदिएको  छ।  दर्शकले बाबु–छोराको सम्बन्धको मूल मर्मलाई नै महशुस गर्न पाउँदैनन्। 

फिल्मको कथा सरल छ।  फिल्मभित्र मनको सफा र सोझो एउटा प्रमुख पात्र छ, बिर्खे (दयाहाङ राई)। जो दार्जिलिङमा गाडी कुदाउँछ। खासगरी पर्यटक घुमाउँछ। उसको एउटै समस्या– ट्वाक (रक्सी) लाइरहनुपर्ने। 

रेलवे स्टेसनमा पर्यटकको खोजी गरिरहँदा एकदिन उसले भेट्छ एउटा बंगाली परिवार। सनकपुर घुमाउने क्रममा उसको गाडी दुर्घटनामा पर्छ। सबै मर्छन्, शिवाय बिर्खे र एउटा बालक (सिद्दार्थ)। अरु बच्चाले उनीहरूको बुबालाई ‘आप्पा’ बोलाएको सुनेर त्यो बालकले एकदिन बिर्खेलाई पनि ‘आप्पा’ भनेर बोलाउँछ। 

त्यसपछि बिर्खेले बालकको आफैं स्याहारसुसार गर्ने निर्णय गर्छ। स्कुलमा पढाउन लैजाँदा फादर (तुलसी घिमिरे)ले सर्त राख्छन्, १२ कक्षा पास नहुँदासम्म बच्चालाई भेट्न पाउँदैनस्।' 

मनले त मानेको हुँदैन तर बच्चाको भविष्य सम्झेर उनी सर्त मान्न तयार हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बच्चामा बिर्खेलाई ‘आप्पा’ अर्थात् बुबा मान्न तयार सिद्दार्थ ठूलो भएपछि स्वीकार्न तयार हुन्छ कि हुँदैन? या, आफ्नै परिवारको दुर्घटना गराउने अपराधी ठान्छ? फिल्मको कथा यिनै दुई पात्रको कथा भन्दै टुंगिन्छ। 

बजारिया प्रभावबाट मुक्त भएर कथा भन्न खोज्नु फिल्मका निर्देशक अनमोल गुरुङको प्रशंसनीय पक्ष हो। तर, पर्याप्त मेहनत नपुग्दा उनको यो प्रयास खल्लो हुन पुगेको छ। बिर्खे र सिद्धार्थबीचको सम्बन्धलाई गहिरोसँग स्थापित गर्न नसक्नु उनको सबैभन्दा ठूलो कमजोरी हो। 

१२ कक्षा पढ्दासम्म बिर्खेले सिद्धार्थलाई भेट्न त पाउँदैन। तर, भेट्नका लागि तड्पिएका दृश्य खोइ? छोरालाई आप्पा र आप्पालाई छोराको अभाव महशुस गराउने दृश्य खोइ?  निर्देशकलाई प्रश्न गर्न मन लाग्छ। 

झन् दोश्रो हाफमा त निर्देशक फिल्मको मूल कथाबाट पूरै बहकिएका छन्। कलेजमा काब्या (अलोना कबो लेप्चा)सँग प्रेम देखाउन खोज्दा उता दर्शकले बिर्खेलाई बिर्सिसक्छन्। एकातिर बाबु–छोराबीचको सम्बन्धमा प्रेम र संवेदनाको अभाव भइरहेका बेला उता काब्यासँगको प्रेम पनि स्थापित हुन सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्देशकले न प्रेम स्थापित गर्न पर्याप्त दृश्य खर्चिएका छन्, न काब्यासँग ब्रेकअप हुनै लाग्दा सिद्धार्थमा देखिएको तड्पन नै विश्वसनीय लाग्छ। बाबु–छोराको सम्बन्धबाट निर्देशक एकाएक प्रेमी–प्रेमिकातिर बहकिँदा फिल्म झन् कमजोर हुन पुगेको छ्। कलेजमा आयोजित गायन कार्यक्रमको दृश्य उस्तै झर्कोलाग्दो छ।

फिल्ममा एउटा दृश्य छ, जहाँ सिद्धार्थ आफ्नो आप्पाको नाममा आँखाभरि आँसु पार्दै भावुक सम्बोधन गरिरहेका हुन्छन्। तर, पात्रको भावुक सम्बोधन हेरेर दर्शक भावुक बन्दैनन्, बरु गलल हाँस्छन्। यो निर्देशकको सबैभन्दा ठूलो असफलता हो। 

प्राविधिक पाटोमा भने फिल्म केही हदसम्म अब्बल देखिन्छ। सिनेमाटोग्राफर शैलेन्द्र डि. कार्कीले दार्जिलिङको स्थानीय परिवेशलाई आफ्नो क्यामेरामा सुन्दर ढंगले कैद गरेका छन्। स्थानीय लवजले दर्शकमा मौलिक स्वाद महशुस गराउँछ।

निर्देशकका रुपमा कमजोर देखिएका अनमोल सांगीतिक पाटोबाट बलिया देखिन्छन्। फिल्ममा रहेको ‘साँझ परेपछि’, ‘हावा सरर’ लगायतका गीत श्रुतिमधुर छन्।  कथाले ‘बोर’ दर्शकलाई गीतले भने राहत दिन्छन्। 

‘आप्पा’का चरित्रमा अभिनेता दयाहाङ राई ‘फिट’ देखिन्छन्। धेरैपछि उनको अभिनयमा दर्शकले विविधता महशुस गर्न पाउँछन्। सिद्धार्थको भूमिका निर्वाह गरेका सिद्धान्तराज तामाङले अभिनयमा धेरै मेहनत गर्नुपर्ने देखिन्छ।

कतै–कतै त उनको अभिनय पूरै नाटकीय लाग्छ। सिद्धान्तको तुलनामा अलोनाको अभिनय अभिनय ठिकै लाग्छ तर पर्फेक्ट होइन। फादरको भूमिकामा तुलसी घिमिरे ठीकै लाग्छन् तर खास होइन। बरु अरुणा कार्की आफ्नो भूमिकामा स्वभाविक देखिएकी छन्। 

बाबु–छोराको सम्बन्धको कथा ठानेर फिल्म हेर्न जाने दर्शकको मन ‘आप्पा’ले खुस बनाउँदैन। तर, दार्जिलिङको उपहार कस्तो रहेछ, एकपटक हेरिदिऊँ न त’ भनेर जाने हो भने त ठिकै छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  २१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्