काठमाडौं- लमजुङ सदरमुकाम बेँसीसहरमा करिब ६ अर्बको लगानीमा अन्तर्राष्ट्रिय फिल्म सिटी बन्ने भएको छ।
बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रमका बीच वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक सो फिल्म सीटीको निर्माण वर्ल्ड एरिया होल्डिङ ईटली र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिले संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपत्रमा संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको समुपस्थितिमा वर्ल्ड एरिया होल्डीङ ईटलीका तर्फबाट अघ्यक्ष फ्रान्सेस्को सिङ्नोरीएलो र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राईभेट लिमिटेड नेपालका तर्फ बाट अघ्यक्ष आकाश अधिकारीले हस्ताक्षर गरे।
५ अर्ब ९० करोड रुपैयाँ रहेको फिल्म सिटी ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको सो फिल्म सीटीको निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङ्कन र सम्पादनको सुविधा उपलब्ध हुनेछ।
फिल्म सीटीको निर्माण बाट आन्तरिक रोजगारी सृजना हुनुका साथै सरकारले राजश्व समेत प्राप्त गर्ने छ । फिल्म सीटीको निर्माणसँगै सो क्षेत्रमा एउटा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधार समेत निर्माण गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।