काठमाडौं- साताव्यापी उत्तरी छिमेकी चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।
उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तस्थित डालिनमा आयोजिना भएको विश्व आर्थिक मञ्चको ३ दिने सम्मेलनमा भाग लिएपछि मन्त्री ज्ञवाली बुधबार बिहान बेइजिङ पुगेका थिए।
ज्ञवाली र यीको भेट चिनियाँ समयअनुसार अपरान्ह ४ बजे ग्रेट हल अफ द पिपुल्समा भएको हो।
दुवै नेताबीच नेपाल चीन मित्रतालाई आगामी दिनमा अझै विकास गर्नेबारेमा कुराकानी भयो थियो र त्यसक्रममा चिनियाँ पक्षबाट नेपालमा हुने उच्चस्तरीय राजनीतिक भ्रमणको पनि कुरा उठेको बताइएको छ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे मन्ज्ञी ज्ञवालीले राखेको चासोमा चिनियाँ विदेश मन्त्री यीले निरन्तर सम्पर्कमा रहेर भ्रमणको मिति तय गर्ने बताएका थिए। यीले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका लागि चासो देखाएको पनि मन्त्री ज्ञवालीसमक्ष राखेका थिए।
त्यस्तै बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका परियोजना र त्यसबारे यसअघि भएका सम्झौताहरूको प्रगतिका विषयमा पनि उक्त भेटमा समीक्षा भएको थियो।
परराष्ट्र मन्त्री ज्ञवालीको सम्मानमा नेपाली दूतावासले स्वागत कार्यक्रम आयोजना गरेको छ। चिनियाँ सरकारी अधिकारी, व्यापारी, बुद्धिजिवी र नेपाली समूदाय उपस्थित भएको उक्त कार्यmत्रमलाई पनि मन्त्री ज्ञवालीले सम्बोधन गरेका थिए।
विश्व आर्थिक मञ्चकाको सम्मेलनका लागि असार १५ गते चीन प्रस्थान गरेका उनी २० गते स्वदेश फर्किने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।