काठमाडौं- मनाङ जिल्लाबाट गण्डकी प्रदेशमा सांसद निर्वाचित दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन्।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने बताइएको छ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए।
फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्।
पछि सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने बताएपछि मनाङेले प्रदेश सांसदको सपथ लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।