काठमाडौं- नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच भएको पार्टी एकताप्रति असन्तुष्ट तत्कालीन नयाँ शक्तिका नेता देवेन्द्र पराजुली सत्तारुढ दल नेकपामा प्रवेश गर्ने भएका छन्।
पराजुलीसहित पूर्वमन्त्री कल्पना धमलाले पनि हाल समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष रहेका डा बाबुराम भट्टराईको साथ छोड्ने भएकी छन्। नेता पराजुली, धमलासहित महिला संगठनकी संयोजक मनु हुमागाईं पनि नेकपा प्रवेश गर्दैछिन्।
पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा पार्टी प्रवेश कार्यक्रम राखेर नेकपाले तत्कालीन नयाँ शक्तिका नेताहरु भित्र्याउन लागेको हो। पराजुलीले भने, ‘नेकपामा प्रवेश छिट्टै हुन्छ।’ एकताप्रति असन्तुष्टिका विषयमा भने उनले बोल्न चाहेनन्। उनले भने, ‘एकता मन परेन। नेकपा प्रवेश गर्ने सोच बनाइयो। एकता मन नपर्नुका कारण प्रवेश कार्यक्रममा भनौला।’
लमजुङ निवासी पराजुली युद्धकालीन नेकपा माओवादीको विद्यार्थी संगठनका अध्यक्षसमेत भएका थिए। पराजुलीकी पत्नि धमला पूर्वमन्त्री समेत हुन्। भट्टराईको निकट रहेकै कारण पराजुलीले युद्धकालमा पार्टीबाट निर्मम यातना भोगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।