• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालका हिमाल, नदी र वनको योगदानको चर्चा गर्दै परराष्ट्र मन्त्रीले उठाए वातावरणीय न्यायको कुरा

64x64
नेपाल लाइभ बुधबार, असार १८, २०७६  १२:३९
1140x725

काठमाडौं– साताव्यापी उत्तरी छिमेकी चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वातावरण परिर्वतनले ल्याएको प्रतिकुूल असरको समाना गर्न वृहत्तर अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता भएकोमा जोड दिएका छन्। 

चीनको डालिनमा आयोजित विश्व आर्थिक मञ्चको १३औं वार्षिक बैठक अन्तर्गतको सत्र ‘वातावरण परिवर्तनः अर्को आर्थिक संकट ?’ सत्रलाई  मंगलबार सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।

पारिस्थितिक प्रणालीलाई कायम गर्न नेपालका हिमाल, नदी र वनजंगलको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै ज्ञवालीले कार्बन उत्सर्जनमा नेपालको भूमिका न्यून भए पनि त्यसको चोट असंगत तरिकाले खेप्नु परेको बताए। 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री ज्ञवालीले उक्त सत्रमा जलवायु न्यायलाई पनि प्रवर्द्धन गनुपर्ने धारणा राखेका थिए। ‘जलवायु न्यायको प्रवर्द्धन गर्नुपर्छ र प्रविधि पहुँचलाई सजिलो र सस्तो बनाउनुपर्छ,’ मन्त्री ज्ञवालीको भनाइ थियो। 

मन्त्री ज्ञवाली चीनका प्रधानमन्त्री ली क्वाङ र विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्राध्यापक क्लाउस स्वाबले सम्बोधन गरेको उद्घाटन सत्रमा पनि उपस्थित भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

मंगलबार साँझ आयोजित ‘भू–राजनीतिक परिवर्तन’ सत्रको छलफलमा पनि भाग लिएका थिए। उक्त सत्रको छलफलमा भू–राजनीतिक कठिनाई र अनिश्चितता बढीरहेको उल्लेख  गर्दै मन्त्री ज्ञवालीले राष्ट्रहरूबीच वृहत्तर पारस्पारिक विश्वास र बुझाइको प्रवर्द्धनमा जोड दिएका थिए।

त्यस्तै उनले दिगो विश्व शान्तिको सुनिश्चितताका लागि गहिरो तहको सहकार्य र सहयोगपूर्ण पहलको आवश्यतमा पनि उनले जोड दिएका थिए। 

विश्वले सामना गरिरहेको समस्याको दायरा व्यापक र यसको परिणाम धेरै गहिरो रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले विश्व शान्ति, सदभाव र सहकार्य बढाउन सम्झौतामा आधारित सम्बन्ध नभई एक कानुन आधारित अन्तर्राष्ट्रिय व्यवस्था महत्वपूर्ण हुने बताए। 

मञ्चको वार्षिक बैठकको साइडलाइनमा मन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ज ब्रान्डीसँग पनि भेटघाट गरेका थिए। उक्त भेटमा विशेषगरी अनुसन्धान र क्षमता निर्माणका क्षेत्रमा मञ्च र नेपालले सहकार्य गर्ने विषयमा छलफल भएको थियो। 

मन्त्री ज्ञवालीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल र परराष्ट्र मन्त्रालयका अधिकारीहरू छन्। 

चीनमा रहँदा मन्त्री ज्ञवालीले राजनीतिक नेता र व्यापारीसँग पनि भेटघाट गर्नेछन्। चिनियाँ अधिकारीसँग उच्च तहको भेटघाटका लागि मन्त्री ज्ञवाली बुधबार डालिनबाट बेइजिङ प्रस्थान गर्ने छन्। 

बैठकका लागि असार १५ गते चीन प्रस्थान गरेका उनी २० गते स्वदेश फर्किने छन्।

प्रकाशित मिति: बुधबार, असार १८, २०७६  १२:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्