काठमाडौं– नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी बुधबारदेखि सहायक रथी गोकुल भण्डारीले सम्हालेका छन्। यसअघि प्रवक्ता रहेका सहायकरथी नैनराज दाहालले बुधबार एक कार्यक्रमबीच भण्डारीलाई कार्यभार हस्तान्तरण गरेका छन्।
नवनियुक्त प्रवक्ता भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास रहेको नेपाली सेनाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
सहायक रथी दाहाल राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत दक्षिण सुडानको सेक्टर कमाण्डरमा छनोट भएपछि सेनाको प्रवक्ता फेरिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।