काठमाडौं- पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि विद्यार्थी संगठनहरुले सरकार र नेपाल आयल निगमविरुद्ध आन्दोलनमा उत्रिएका छन्।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने सरकारको निर्णयविरुद्ध एमाले र माओवादीका युवा तथा विद्यार्थीको 'संयुक्त युवा विद्यार्थी संगठन' आन्दोलनमा उत्रिएका हुन्।
आज बिहान बसेको बैठकले आन्दोलनको घोषणा पनि गरेको छ। उनीहरुले दिउँसो प्रदर्शनीमार्गमा विरोध जुलुस निकालेका छन् भने भोलि नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने निर्णय गरेका छन्।
शुक्रबार निर्वाचन आयोगअगाडि सार्वजनिक सडक बहस गर्ने निर्णय समेत गरेको अनेरास्ववियुका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै वाम गठबन्धनका युवा तथा विद्यार्थी संगठन निर्वाचन आयोगसँग समेत रुष्ट छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।